Dhulikhel Eco Banner new

शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

5.33K
shares

काठमाडौं, ८ माघ । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.२३ अंकले बढेर २७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा कालीका पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सानीमा ग्रोथ फन्डका लगानीककर्ताले २.८० प्रतिशतका दरले गुमाएका छन् भने फष्ट माइक्रोफाइनान्स र मैलुङ खोला जलविद्युतका लगानीकर्ताले २.२६ प्रतिशतका दरले गुमाएका छन् भने गोर्खाज फाइनान्सका लगानीकर्ताले २.२४ प्रतिशतका दरले गुमाएका छन् ।