शेयर बजारमा ९ अर्ब ७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ ८ बिहीवार १५:४४
6.53K
shares
shares

काठमाडौं, ८ माघ । शेयर बजारमा ९ अर्ब ७ करोडको कारोबार हुँदा आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन मञ्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाइ प्यानलको ३२ करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी बन्दीपुर केवलकारको २८ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको २४ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ ।















