Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ७ कम्पनीका लगानीकर्ता मालामाल

2.77K
shares

काठमाडौं, १२ माघ । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.०७ अंकले घटेर २७६९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन १६ अर्ब ३५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एसवाइ प्यानल, हिमस्टार उर्जा, सान्भी इर्नर्जी, सप्तकोशी विकास बैंक, र माउन्टेन हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् भने ट्रेड टावरका लगाकिर्ताले ९.२५ प्रतिशतका दरले कमाएका छन् ।