शेयर बजारमा १६५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ माघ १२ सोमवार १५:२७
shares

काठमाडौं, १२ माघ । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.०७ अंकले घटेर २७६९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन १६ अर्ब ३५ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा नेशनल हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.१२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले २.९६ प्रतिशतका दरले गुमाएका छन् भने ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले २.९५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सानिमा विकास कोषका लगानीकर्ताले २.८० प्रतिशतका दरले गुमाएका छन् भने गुहेशोवरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले २.७८ प्रतिशतका दरले गुमाएका छन् ।















