शेयर बजारमा १६ अर्ब ३५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ १२ सोमवार १५:५६
2.04K
shares
shares

काठमाडौं, १२ माघ । शेयर बजारमा १६ अर्ब ३५ करोडको कारोबार हुँदा हिमालयन पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन आखुखोला जलविद्युतको ५६ करोड १६ लाख रुपैयाँ कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख कारोबार भएको छ ।
त्यसैगरी एसवाइ प्यानलको ५० करोड १७ लाख रुपैयाँ कारोबार भएको छ भने बन्दीपुर केवलकारको ४० करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ ।















