Dhulikhel Eco Banner new

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

3.19K
shares

काठमाडौं, १२ माघ । सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आइतबार आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा कुल २५ लाख ७० हजार ४२२ आवेदकबाट ३ करोड १७ लाख ८ हजार ३९० कित्ता शेयरका लागि आवेदन परेको थियो। आवेदकहरूले ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए, जुन निष्कासित कित्ताभन्दा ३।८६ गुणा बढी माग हो।

बाँडफाँड अनुसार ८ लाख २० हजार आवेदकले १०।१० कित्ताका दरले शेयर हात पारेका छन्। बाँकी आवेदकको भने हात खाली भएको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल ८२ लाख कित्ता शेयर निष्कासन गरेको थियो। मागभन्दा अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ।