सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ माघ १४ बुधवार १५:२०
shares

काठमाडौं, १४ माघ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३८ अंकले बढेर २७३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ४९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक र आखुखोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन मिथिला लघुवित्तका लगानीकर्ताले ९.५१ प्रतिशतका दरले कमाएका छन् भने पिपुल्स पावरका लगानीकर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी बुद्धभुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले ९.०४ प्रतिशतका दरले कमाएका छन् ।















