दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि
वि.सं.२०८२ माघ १५ बिहीवार १५:०९
shares

काठमाडौं, १५ माघ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.५३ अंकले घटेर २७१४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ५६ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमाहिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कर्पोरेट विकास बैंक, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।















