Dhulikhel Eco Banner new

प्रतितोला ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.21K
shares

काठमाडौं, २० माघ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलवार बढेर प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले बढेर मंगलवार ५ हजार ३ सय ३५ रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।