दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८२ माघ २० मंगलवार १५:०८
shares

काठमाडौं, २० माघ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.५८ अंकले घटेर २,६८३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको को शेयर बजारमा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सान्वी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले गुमाएका छन् ।



















