Dhulikhel Eco Banner new

शेयर बजारमा १९० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.04K
shares

काठमाडौं, २० माघ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.५८ अंकले घटेर २,६८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेकोको शेयर बजारमा सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन पियोर इनर्जीका लगाीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् भने शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.०५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी हिमालय उर्जाका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले गुमाएका छन् भने प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् ।