Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.32K
shares

काठमाडौं, २० माघ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.५८ अंकले घटेर २,६८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको को शेयर बजारमा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी लार्ज क्याप फन्ड लिमिटेडका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् भने मेगा म्युचुअल फण्डका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.१५ प्रतिशतका दरले कमाएका छन् भने रवा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ४.८७ प्रतिशतका दरले कमाएका छन् ।