शेयर बजारमा ८ अर्ब ६३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ २० मंगलवार १५:२४
3.58K
shares
shares

काठमाडौं, २० माघ । शेयर बजारमा ८ अर्ब ६३ करोडको कारोबार हुँदा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५९ करोड २९ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन आखुखोला जलविद्युतको ४१ करोड रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी पिपुल्स पावरको २५ करोड ७ लाख रुपैयाँ कारोबार भएको छ भने बन्दीपुर केवलकारको २४ करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ ।



















