Dhulikhel Eco Banner new

काठमाडौं महानगरपालिकाद्धारा ८ सहकारी संस्थालाई घर खाली गर्न ७ दिने अल्टिमेटम

2.96K
shares

काठमाडौं, २२ माघ । काठमाडौ महानगरपालिकाले बहालमा लिएका घर तथा कोठा खाली गर्न ८ सहकारी संस्थालाई ७ दिनभित्र निर्देशन दिएको छ।

काठमाडौ महानगरपालिकाले न्यायिक समितिबाट घररकोठा खाली गर्न भनिएका निर्णयहरू कार्यान्वयन गर्ने क्रममा यस्तो कदम चालिएको हो। यसअघि पनि सहकारी संस्थाहरूसँग घर खाली गर्न अनुरोध गरिए पनि उनीहरूले अनुरोध पूरा नगरेको उल्लेख गरिएको छ।

महानगरपालिकाका अनुसार, तोकिएको म्यादभित्र घर खाली नगरे कानुन अनुसार आवश्यक कारबाही गरिनेछ। घर खाली गर्दा सहकारी कार्यालयका सामान सम्बन्धी जिम्मेवारी पनि घरधनीलाई रहने व्यवस्था गरिएको छ। साथै, सहकारीहरूको सम्पत्ति वा अन्य सामग्रीमा कुनै दाबी–विरोध नगर्ने व्यवस्था गरिएको छ।

आशा बचत तथा ऋण सहकारी संस्था, नव सबल सहकारी, युनिफाइड्स बचत तथा ऋण सहकारी संस्था, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी र ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई महानगरले अल्टिमेटम दिएको हो ।