Dhulikhel Eco Banner new

एनएमबि लघुवित्तको नाफा बढ्यो, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?

4.12K
shares

काठमाडौं, २५ माघ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिकसम्म ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोहि अवधीको तुलनामा १९५.३१ प्रतिशत बढि हो । जुन गत आवको पुस मसान्तसम्म कमाएको १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले ६ महीनाको अवधिमा २८ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको सोही अवधिमा गरेको १७ करोड ५२ लाख रुपैयाँको तुलनामा ६१.५४ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि ६०.२३ प्रतिशतले वृद्धि भएर ३१ करोड ६२ लाख रुपैयाँ नाघेको छ जुन गत वर्ष १९ करोड ७३ लाख रुपैयाँ थियो।

आम्दानीमा आएको वृद्धिका कारण पुस मसान्तसम्म कम्पनीको सञ्चालन नाफा पनि ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ जुन गत आवको सोही अवधिको १ करोड ६८ लाख रुपैयाँको तुलनामा १९५.७४ प्रतिशतको भारी वृद्धि हो। यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा २ करोड ६८ लाख रुपैयाँभन्दा माथि रहेको छ।

गत पुस मसान्तसम्म ३.२८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस पुस मसान्तसम्म बढेर ९.६७ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा निष्क्रिय कर्जा ५.९६ प्रतिशतबाट घटेर ४.८३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४०.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५.५९ गुणा छ भने तरलता अनुपात ११.९२ प्रतिशत रहेको छ।

चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ७ करोड २९ लाख रुपैयाँ, जगेडामा ३० लाख रुपैयाँ र रिजर्भमा २१ करोड ७० लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको कुल सम्पत्तिको मूल्य ८ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ।