Dhulikhel Eco Banner new

सिटिजन लाइफ इन्स्योरेन्सले कमायो २३ करोड १५ लाख खुद नाफा

2.38K
shares

काठमाडौं, २६ माघ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा ०.२४ प्रतिशत बढि हो । गत आवको पुस मसान्तसम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा ३ अर्ब १८ करोड १६ लाख रुपैयाँबाट २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ नाघेको छ। त्यस्तै कुल आम्दानी ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँबाट १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ पुग्दा कुल खर्च ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिने रकम ३१ करोड ८५ लाख रुपैयाँबाट वृद्धि गरी ३८ करोड ६ लाख रुपैयाँ पुर्याएको छ भने कम्पनीका कर्मचारीलाई दिने कमिशन १७ करोड ९९ लाख रुपैयाँबाट वृद्धि गरी १८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ।

कम्पनीको जीवन बीमाकोषको आकार १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँबाट बढेर २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी ११.७३ रुपैयाँबाट घटी ९.२६ रुपैयाँमा कायम हुँदा सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.१८ गुणा रहेको छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ। २६ अर्ब रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कूल मूल्य २९ अर्ब ८८ करोड रुपैयाँभन्दा माथि रहेको छ।