Dhulikhel Eco Banner new

सामसङ नेपालले टी२० विश्वकप सिजनका लागि आफ्ना एआइ टिभी हरूमा आकर्षक अफर घोषणा

3.33K
shares

काठमाडौं, २६ माघ । सामसङ नेपालले टी२० विश्वकपको अवसरमा आफ्ना टिभीमा विशेष अफर र छुट योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले नगद फिर्ता, पुरानो टिभी एक्सचेन्ज र निशुल्क मनोरञ्जन प्याकेज पाउनेछन्। कम्पनीले ८५ इन्चसम्मका ठूलो पर्दा, उच्च गुणस्तरीय चित्र र अनुकुल ध्वनि प्रणाली मार्फत हरेक खेललाई घरमै स्टेडियम जस्तो अनुभव दिने जनाएको छ। साथै, स्मार्ट कनेक्टिभिटी सुरक्षित र भरपर्दो बनाउन विशेष सुरक्षा प्रणाली पनि उपलब्ध छ।

मनोरञ्जन अनुभव अझ समृद्ध बनाउन, कम्पनीले हालका वर्षमा उत्पादित टिभी खरिद गर्दा निस्शुल्क मनोरञ्जन प्याकेज उपलब्ध गराउने योजना ल्याएको छ। उच्च गुणस्तरीय टिभी किन्दा एक वर्ष, साधारण टिभी किन्दा छ महिना सम्म निस्शुल्क सेवा पाइन्छ। ग्राहकले सजिलो प्रक्रियामार्फत एप प्रयोग गरी सेवा सक्रिय गर्न सक्नेछन्।

साथै, कम्पनीले सबै टिभी खरिदमा निर्माण त्रुटि कभर हुने तीन वर्षको वारेन्टी पनि उपलब्ध गराउने जनाएको छ। ग्राहकले किस्ता तिरेर टिभी वा अन्य घरायसी उपकरण सजिलै खरिद गर्न सक्नेछन्। पुरानो उपकरण एक्सचेन्ज गर्न चाहनेले नेपालभरका अधिकृत स्टोरमार्फत नयाँ टिभीमा सजिलै अपग्रेड गर्न सक्नेछन्। यस अफरले खेलप्रेमी र टिभी प्रयोगकर्ताका लागि घरमै उत्कृष्ट मनोरञ्जन अनुभव पाउने सुनौलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।