Dhulikhel Eco Banner new

शेयर बजारमा १० अर्ब ७७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

5.23K
shares

काठमाडौं, २७ माघ । शेयर बजारमा १० अर्ब ७७ करोडको कारोबार हुँदा रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७७ करोड १९ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एसवाई प्यानलको ५४ करोड ४ लाख रुपैयाँ कारोबार भएको छ भने आँखुखोला जलविद्युतको ४८ करोड ४३ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी लिबर्टी इनर्जीको ३७ करोड १ लाख रुपैयाँ कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३३ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ ।