ज्योति विकास बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति शैक्षिक चाहिन्छ योग्यता ?
वि.सं.२०८२ माघ २९ बिहीवार ११:१४
shares

काठमाडौं, २९ माघ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै जुनियर ट्रेनी असिस्टेन्ट पदका लागि ५० जना कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा द्वितीय श्रेणीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ । आवेदकको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। यसमा फ्रेस ग्राजुएटहरूले पनि आवेदन दिन सक्नेछन् ।
छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तिम अन्तर्वार्तामार्फत गरिने बैंकले जनाएको छ। बैंकका अनुसार छनोट भएका उम्मेदवारहरूलाई बैंकका विभिन्न शाखा तथा विभागहरूमा खटाइनेछ। तालिम अवधि सफलतापूर्वक सम्पन्न गरेपछि बैंकको आवश्यकता अनुसार नेपालभर कुनै पनि स्थानमा पदस्थापन गरिनेछ।









