Dhulikhel Eco Banner new

रिज लाइन इनर्जीको आईपीओमा पहिलो दिनमै १०.७० गुणा बढी आवेदन

2.37K
shares

काठमाडौं, २९ माघ । रिज लाइन इनर्जी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्राथमिक शेयर (आईपीओ) मा पहिलो दिनमै १०.७० गुणा बढी आवेदन परेको छ।

कम्पनीले ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेकोमा १ करोड २६ लाख २५ हजार ४३० कित्ता शेयरका लागि आवेदन परेको हो।

यसअनुसार ११ लाख १९ हजार ३१३ जना आवेदकबाट १ अर्ब २६ करोड २५ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन संकलन भएको छ। मागभन्दा करिब १०.७० गुणा बढी आवेदन परेसँगै आईपीओमा उच्च प्रतिस्पर्धा देखिएको छ।

उक्त आईपीओ माघ २८ गतेदेखि फागुन ४ गतेसम्म खुला रहनेछ भने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।