सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ माघ २९ बिहीवार १५:३५
shares

काठमाडौं, २९ माघ । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.९७ अंकले बढेर २,६७१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब १० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा मध्येभोटेकोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन रसुवागढि हाइड्रोपावरका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् भने खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.०२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले कमाएका छन् भने सान्जेन जलविद्युतका लगानीकर्ताले ६.१० प्रतिशतका दरले कमाएका छन् ।















