Dhulikhel Eco Banner new

नबिल बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

2.81K
shares

काठमाडौं, १ फागुन । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। १ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको ५० हजार कित्ता र जश श्रेष्ठको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

जसमध्ये जश श्रेष्ठको नाममा रहेको २५ हजार कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी शेयरको कुनै मूल्य तोकिएको छैन। यस अघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइसकिएकाले अब भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको नक्साल, नारायणचौरस्थित बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडमा शेयर आवेदन फाराम प्राप्त गरी छुट्टाछुट्टै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र आगामी ७ दिनभित्र पेश गरिसक्नु पर्ने बैंकले जनाएको छ।