Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

2.57K
shares

काठमाडौं, ४ फागुन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१६ अंकले घटेर २,६७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ९४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा बुद्धभुमी नेपाल हाइड्रोपावर, रिलायन्स स्पीनिङ र सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।