Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.7K
shares

काठमाडौं, १७ फागुन । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.२७ अंकले बढेर २,६७४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बारही हाइड्रोपावरका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् भने एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले ६.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि गुडवील फाइनान्सका लगानीकर्ताल ३.६२ प्रतिशतका दरले कमाएका छन् ।