नेप्सेमा घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस शेयर सूचीकृत
वि.सं.२०८२ फागुन १९ मंगलवार १६:३४
shares

काठमाडौं, १९ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीका बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत हुने कम्पनीहरूमा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्।
नेप्सेका अनुसार घोराही सिमेन्ट इन्डस्ट्रीले वितरण गरेको १० प्रतिशत बोनस शेयर बापत ४५ लाख ६७ हजार ६८५ दशमलव ७० कित्ता शेयर सूचीकृत गरिएको हो।
त्यसैगरी, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गरेको ६ दशमलव ६५ प्रतिशत बोनस शेयर बापत २ लाख १२ हजार ६७९ दशमलव ०५६६ कित्ता शेयर सूचीकृत भएको जनाएको छ।
सूचीकृत भएसँगै सम्बन्धित कम्पनीका शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर जम्मा भएपछि ती सेयरहरू दोस्रो बजारमा खरिदबिक्री गर्न सकिने नेप्सेले जनाएको छ।















