Dhulikhel Eco Banner new

शिखर पावर डेभलपमेन्टको आईपीओमा १० गुणाभन्दा बढी आवेदन

4.26K
shares

काठमाडौं, २० फागुन । शिखर पावर डेभलपमेन्टले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आइर्पीओमा १०.७ गुणा आवेदन परेको छ । कम्पनीले १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर बिक्री खुला गरेकोमा आवेदन संख्या उल्लेखनीय रूपमा बढेको छ।

सिडीएस एण्ड क्लियरिङका अनुसार फागुन २० गते बिहान १०ः०५ बजेसम्म १७ लाख ६७ हजार ७७६ जनाले आवेदन दिएका छन्। ती आवेदनबाट कुल १ करोड ९७ लाख ४७ हजार ६६० कित्ता शेयर माग गरिएको छ, जसको मूल्य १ अर्ब ९७ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबर हुन आउँछ।

कम्पनीले फागुन १८ गते देखि आईपीओ बिक्री खुला गरेको हो। आवेदन दिने अन्तिम मिति फागुन २६ गते तोकिएको छ। तोकिएको अवधिभित्र माग नपुगेमा म्याद थप हुने व्यवस्था भए पनि हालसम्मको आवेदन संख्यालाई हेर्दा समयमै निष्कासन बन्द हुने देखिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम तोकिएको सीमासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले आयोजना विकास तथा विद्युत् उत्पादन क्षेत्रका लागि पूँजी संकलन गर्न आईपीओ निष्कासन गरेको हो।