Dhulikhel Eco Banner new

‘पुँजी बजारका समस्या समाधान हुन थाले, अब अनसन बस्नु पर्दैन्’

17.75K
shares

काठमाडौं, १६ असार । पुँजी बजारमा देखिएका समस्या समाधानको लागि आमरण अनसन गरेका तिलक कोइरालाले माग कार्यान्वयन गर्न समिति निर्माण भए पछि अनसन तोडे । के बअ पुँजी बजारमा देखिएका समस्या समाधान हुन्छन् त ? अब फेरि अनसन बस्नु पर्ने अवस्था आउँदैन भन्ने विषयको पेरिफेरिमा लगानीकर्ता कोइरालासँग केटिएम भ्वाइस कर्मी महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अशं :

तपाई पहिले पनि अनसनमा बस्नु भएको हो ? सहमति पनि भएको हो तर कार्यान्वयन भएन यो पटक माग पुरा भएन भने के गर्नु हुन्छ ?

अब फेरि अनसन बस्ने अवस्था आउँदैन । यो अन्तिम लडाई हो । लगानीकर्ताहरुले फेरि पुँजी बजार सुधारका लागि आन्दोलन गर्नु पर्दैन । धितोपत्र बोर्डदेखि अर्थमन्त्राल तथा प्रधानमन्त्री समेत पुँजी बजार सुधारका लागि सकारात्मक देखिनु भएको छ ।

यसले गर्दा अब फेरि अनसन बस्नु पर्ने अवस्था आउँदैन । माग पुरा हुदैनन् कि भनेर प्रश्न गर्ने अवस्था पनि छैन । अहिले विश्वासको वातावरण बनेको छ । अब पुँजी बजारमा सुधार हुन्छ ।

माग पुरा हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

माग पुरा हुनेमा आशावादी मात्रै हाईन, माग कार्यान्वयन गर्ने क्रम सुरु भइसकेको छ । अहिले धितोपत्र वोर्डले ब्रोकरलाई शाखा विस्तार गर्न पाउने देखि ब्रोकर आफैले टीएमएस निर्माण गर्न पाउने निर्णय गरिसकेको छ ।

लगानीकर्ताहरुले राखेका विषयहरु बोर्डले पनि महसुस गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने विषयमा आफूहरु तयार रहेको बोर्डका अध्यक्षले बताएका छन् । अध्यक्ष रमेश हमालले हामीलाई धन्यबाद समेत दिनु भएको छ । अब विस्तारै १९ वटै माग पुरा हुन्छन् । कार्यान्वयनमा गइसकेकाले यसमा अविश्वास गर्नु पर्ने कुनै कारण छैन् ।

अब पुँजी बजारमा सुधार हुन्छ त ?

पुँजी बजारमा सुधार हुन्छ । सबैले कमाउँदा मात्रै सुधार हुने र नत्र नहुने भन्ने हुँदैन । त्यसैले नीतिगत र नियमनका क्षेत्रमा पुँजी बजारको सुधार हुन्छ । हाम्रो माग भनेको पनि पुँजी बजार बढाउने वा घटाउने होइन । नीति गत सुधार थियो । अब यो सुधार हुन्छ ।

अर्को भनेको पुँजी बजार विस्तारको माग हो यो पनि अब विस्तार हुन्छ । १० वटा ब्रोकर कम्पनीलाई १५ स्थानमा शाखा विस्तार गर्नका लागि धितोपत्र बोर्डले पूर्वाधारको अध्ययन गर्ने कुरा गरिसकेको छ । यो निकै सकारात्मक हो । विदेशमा भएको प्रविधि भित्र्याएर पुँजी बजारलाई प्रविधी मैत्री बनाउने विषयमा पनि काम हुन्छ । यसमा सबैको सहयोग आवश्यक पर्छ ।

ब्रोकरको शाखा विस्तारले पुँजीबजारमा कस्तो असर पर्छ ?

ब्रोकरको शाखा विस्तार र आफैले टीएमएस निर्माण गर्ने कुराले लगानीकर्तालाई फाइदा पुग्छ । यो कसका लागि हो ? यो लगानीकर्ता कै लागि हो नि त । ब्रोकरको शाखा नभएको स्थानमा शाखा लैजाने भनेको त्यहाँ रहेका लगानीकर्तालाई सुविधा पुर्‍याउनु हो । जहाँ शाखा छैन त्यो स्थानमा ब्रोकरको शाखा गयो भने लगानीकर्ताले सुविधा पाउँछन् ।

त्यो लगानीकर्ता पनि पुँजी बजारमा थपिदा बजार विस्तार हुन्छ । त्यस्तै नेप्सेले सञ्चालन गरेको टीएमएसमा धेरै समस्या हरेका छन् । ति समस्याबाट पार पाउनका लागि र समस्या नदेखिउन भन्नका लागि आफ्नै डाटासन्टर हुने र कारोबार विवरणको सुरक्षाका कुराहरु पनि हुन्छन । सबै कुरा व्यवस्थित हुँदा फाइदा लिने भनेको पुँजीबजारका लगानीकर्ताहरुले नै हो ।

अहिले लगानीकर्ताहरुले टीएमएस सही नभएका कारण समस्या भोगिरहेका छन् । अनलाईनमा कारोबार गर्नेहरुलाई यो थाहा छ । यसबाट ब्रोकरलाइ मात्रै फाइदा भयो भनेर कसैले भन्छ भने त्यो एकांकिए कुरा हुन्छ ।

केही समय अघि नेप्सेले ब्रोकरलाई आफ्नै टाडा सेन्टर राख भनेर सूचना समेत जारी गरेको थियो । तर त्यति खेर ब्रोकरहरुको क्षमता पनि थिएन । दुई तीन करोड पर्छ भनिएको थियो । अहिले केहीले सेयरीङमा डाटा सेन्टर प्रयोग गरिरहेका छन् ।

अब आफ्नै टीएमएस र डाटासेन्टर राखेमा लागानीकर्तालाई छनोटको सुविधा देखि लिएर राम्रो सेवा पाउने अवस्था हुन्छ । केही शुल्क तिर्नु परे पनि यसबाट सेवा सुविधा सहज रुपमा पाउन सकिन्छ ।