शेयर बजारमा उछाल, २ अर्ब नाघ्यो कारोबार
वि.सं.२०७९ असार १६ बिहीवार १५:१७
7.37K
shares
shares

काठमाडौं, १६ असार । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक ७४ दशमलव ९३ अंकले बढेको छ । बिहिबार नेप्से परिसुचक ३ शदमलव ८२ प्रतिशतले बढेर २०३७ दशमलव ६४ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२ दशमलव ६३ अंकले वृद्धि भएको छ । दिनभर भएका ४७ हजार ३ सय ९२ कारोबारबाट २२७ कम्पनीका ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ पुगेको छ ।
















