Dhulikhel Eco Banner new

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

6.51K
shares

काठमाडौं, २५ फागुन । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार गुरुङले आफ्ना प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन्।

यसैगरी तेस्रो स्थानमा नेकपाका उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत पाएका छन्।

गोरखा–१ मा रास्वपाका गुरुङले उल्लेखनीय मतान्तरसहित जित हात पार्दै प्रतिनिधिसभामा प्रवेश गरेका छन्।