Dhulikhel Eco Banner new

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड

4.72K
shares

काठमाडौं, २ चैत । कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड गरिएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङले सोमबार आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै ८२ हजार ५ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो।

आईपीओमा कुल ८३ हजार ६०६ जना लगानीकर्ताले आवेदन दिएका थिए। जसमध्ये ७४ हजार ५६८ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धकले जनाएको छ।

बाँडफाँडमा ८ हजार २५० जना आवेदकले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। मागको तुलनामा आवेदन धेरै परेकाले बाँकी योग्य आवेदक भने शेयर पाउनबाट वञ्चित भएका छन्। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको कोटाअन्तर्गत उक्त आईपीओ निष्काशन गरेको हो।