Dhulikhel Eco Banner new

पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत ८ र ९ गते काठमाडौंमा हुने

2.65K
shares

काठमाडौं, ५ चैत । पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ चैत ८ र ९ गते काठमाडौंमा आयोजना हुने भएको छ। उद्यमशीलता प्रवर्धन गर्दै युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शंकरमान श्रेष्ठले  देशभरका लघुवित्त र सहकारीका सदस्यहरू सरोकारवाला तथा विज्ञहरूको व्यापक सहभागिता रहने जानकारी दिए । उनका अनुसार सम्मेलनमा लघुवित्त सदस्यहरूको आर्थिक समृद्धि अभिवृद्धि गर्ने उपायहरूबारे गहन छलफल गरिनेछ।

अध्यक्ष श्रेष्ठले लघुवित्तमार्फत गरिबी न्यूनीकरण गर्दै शून्यमा झार्ने लक्ष्यका विषयमा समेत सम्मेलनमा बहस हुने बताउए । साथै, बेरोजगारी घटाउँदै लघुवित्त प्रणालीमार्फत मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सकिने उनको भनाइ थियो।

आयोजक स्वलम्वन विकास केन्द्र का अनुसार सम्मेलनमा देशभरका लघुवित्त संस्थाका सदस्य तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहनेछ। कार्यक्रममा लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू तथा उद्यमशीलता प्रवर्धनका सम्भावनाबारे विभिन्न सत्रमार्फत छलफल गरिनेछ।     सम्मेलनले लघुवित्त क्षेत्रलाई थप सशक्त बनाउँदै युवाहरूमा उद्यमशीलता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।