Dhulikhel Eco Banner new

कांग्रेस सोलु संगठन विभाग सचिव तथा दलित संघ अध्यक्ष विश्वकर्माद्वारा पार्टी परित्याग

5.92K
shares

काठमाडौं, ५ चैत । नेपाली काँग्रेस सोलुखुम्बुका संगठन विभाग सचिव तथा नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्ण बहादुर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । लामो समयदेखि सक्रिय राजनीतिमा रहेका विश्वकर्माले दलित समुदायको पक्षमा पार्टीले अपेक्षित काम गर्न नसकेको निश्कर्ष निकाल्दै आफ्नो पद, जिम्मेवारी र सदस्यता सबै त्यागेको घोषणा गरेका हुन् । जिल्ला कार्य समिति सोलुखुम्बुलाई सम्बोधन गर्दै लेखिएको पत्रमार्फत उनले विशेष परिस्थिति र कारणवश पार्टीमा रहन असमर्थ भएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वकर्माले लेख्नुभएको छ, “पार्टीले दिएको जिम्मेवारी नेपाल दलित संघको जिल्ला अध्यक्ष, संगठन विभाग सचिव र मेरो नाममा रहेको क्रियाशील तथा साधारण सदस्यता समेतबाट हटाइदिनुहुन अनुरोध गर्दछु ।” वि.सं. २०६४ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा होमिएका विश्वकर्मा वि.स २०७० सालदेखि यता निरन्तर दुई कार्यकालसम्म नेपाल दलित संघको जिल्ला अध्यक्ष रहेका थिए ।

दलित अधिकारको मुद्दालाई पार्टीभित्रै उठाउँदै आएका उनले अन्ततः त्यही मुद्दामा निराश भएर पार्टी छाड्ने निर्णयमा पुगेका हुन् । “नेपाली काँग्रेसले दलितको पक्षमा केही गर्न सकेको छैन, गर्न चाहेको पनि देखिएन र आगामी दिनमा गर्ने सम्भावना पनि देख्दिनँ,” उनले भने । यही कारण आफू दलित संघको जिल्ला अध्यक्ष पदमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने ठहर गर्दै पद त्याग गरेको उनको भनाइ छ ।

पार्टीका जिल्ला सभापति तथा अन्य नेताहरूले निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि आफूले गम्भीर समिक्षापछि नै यस्तो निष्कर्ष निकालेको भन्दै विश्वकर्माले आफ्नो अडानबाट पछि नहट्ने दाबी गरेका छन् । विश्वकर्माले अब केही समय स्वतन्त्र नागरिकको रूपमा रहँदै सामाजिक र राजनीतिक खबरदारी गर्ने योजना रहेको बताएका छन् । यद्यपि, उनले लोकतान्त्रिक चरित्र