Dhulikhel Eco Banner new

संवादबिना सही आर्थिक निर्णय सम्भव छैनः राष्ट्र बैंक

2.61K
shares

काठमाडौं, ६  चैत । नेपाल राष्ट्र बैंकले बचत, खर्च, लगानी र प्रतिफलजस्ता आर्थिक विषयमा निर्णय गर्दा घरपरिवार, साथीभाइ तथा सम्बन्धित सरोकारवालासँग खुला रूपमा छलफल गर्न आग्रह गरेको छ।

ग्लोबल मनी विक २०२६ को अवसरमा ‘स्मार्ट मनी टक्स’ अभियान सञ्चालन गर्दै राष्ट्र बैंकले आर्थिक निर्णयमा संवादको महत्व औंल्याएको हो।

बैंकका अनुसार सही आर्थिक निर्णयका लागि जानकारी मात्र पर्याप्त हुँदैन, त्यसका लागि परिवार र समुदायबीच स्पष्ट र बुझाइपूर्ण संवाद आवश्यक हुन्छ।

“स्मार्ट सोचका साथ ज्ञानमा आधारित संवादले वित्तीय सचेतना बढाउँछ र दीर्घकालीन रूपमा आर्थिक अवस्था सुदृढ बनाउन मद्दत गर्छ,” राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले विशेषगरी युवापुस्तालाई लक्षित गर्दै बचत गर्ने बानी विकास, सोचविचार गरेर खर्च गर्ने तथा उचित लगानीमार्फत राम्रो प्रतिफल लिनुपर्नेमा जोड दिएको छ।

बालुवाटारस्थित कार्यालयबाट जारी सन्देशमा आर्थिक विषयमा खुलापन र पारदर्शिताले जिम्मेवार वित्तीय व्यवहार विकास हुने विश्वास व्यक्त गरिएको छ।