एकैदिन प्रतितोला ७ हजार ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५४
3.03K
shares
shares

काठमाडौं, ६ चैत । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ७ हजार ८ सयले घटेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख २ हजार ३ सयमा कारोबार भएको छापावाल सुन शुक्रवार घटेर प्रतितोला २ लाख ९४ हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला ५ हजार १० मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला ४ हजार ८ सय ९५ रुपैँयामा कायम भएको छ ।















