Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

2.22K
shares

काठमाडौं, ८ चैत । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५४.५१ अंकले बढेर २,९३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन २३ अर्ब ५९ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक, सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी एनआइसी एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका छन् ।