Dhulikhel Eco Banner new

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1.47K
shares

काठमाडौं, ११ चैत । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २७ गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १२ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

उक्त आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी प्लस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।