Dhulikhel Eco Banner new

बाग्लुङ समाज स्पेनद्वारा चैतेदशैं मेला सम्पन्न

6.45K
shares

काठमाडौं, ११ चैत । बाग्लुङ समाज स्पेनको आयोजनामा स्पेनमा चैतेदशैंको अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भलिबल प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक गतिविधिहरू आयोजना गरिएको थियो।

कार्यक्रममा अन्तरराष्ट्रिय बाग्लुङ समाज परिवारका अध्यक्ष गंगा शर्मा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। उनले आफूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएकोमा बाग्लुङ समाज स्पेनप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

अध्यक्ष शर्माले विदेशमा रहेका बाग्लुङ्गेहरूलाई एकताबद्ध गर्दै नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समाजले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सम्पन्न भलिबल प्रतियोगिताका विजयी टिमलाई बधाई दिँदै उनले प्रतियोगितालाई सफल बनाउन खटिएका सम्पूर्ण आयोजक, कार्यसमिति सदस्य तथा सहयोगीहरूलाई आभार प्रकट गरे।

बाग्लुङ समाज स्पेनले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।