शेयर बजारमा १६१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:१४
shares

काठमाडौं, १७ वैशाख । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९१ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.३८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी माईखोला हाइड्रोपावरका लगानीकर्ताले ९.११ प्रतिशतका दरले गुमाएका छन् भने ९ प्रतिशत नबिल ऋणपत्र २०८७का लगानीकर्ताले ५.४२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले ४.८१ प्रतिशतका दरले गुमाएका छन् भने सोलु हाइड्रोपावरका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले गुमाएका छन् ।


















