सामान्य अंकले घट्यो शेयर बजार, कारोवार रकम घट्यो
वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:०९
shares

काठमाडौं, १७ वैशाख । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९१ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.५७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.३८ प्रतिशतका दरले गुमाएका छन् ।


















