सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विक–२०२६मा ५१ कार्यक्रम सम्पन्न
वि.सं.२०८२ चैत ११ बुधवार १७:२८
shares

काठमाडौं, ११ चैत । सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक–२०२६’को अवसरमा देशव्यापी रूपमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय रूपमा सचेत र सक्षम नागरिक निर्माण गर्ने उद्देश्यसहित बैंकले मार्च १६ देखि २२ सम्म सप्ताहभर ५१ वटा कार्यक्रम आयोजना गरेको जनाएको छ।
यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’लाई व्यवहारमा उतार्ने लक्ष्यसहित बैंकले सातै प्रदेशका ३८ विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार तथा सुरक्षित प्रयोगका उपायबारे जानकारी दिइएको थियो।
बैंकका अनुसार उक्त कार्यक्रममार्फत २,१७१ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। यसका साथै, बैंकिङ प्रणालीबारे व्यवहारिक ज्ञान दिन ४७८ विद्यार्थीलाई विभिन्न शाखामा भ्रमण गराइएको थियो।
यसरी सप्ताहभर सञ्चालन गरिएका कार्यक्रममार्फत कुल २,६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले वित्तीय पहुँच विस्तार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत दैनिक रूपमा जानकारीमूलक सामग्री समेत प्रकाशन गरेको थियो। यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरता बढाउँदै दीगो आर्थिक व्यवहार विकासमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ।


















