Dhulikhel Eco Banner new

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड

4.11K
shares

काठमाडौं, १२ चैत । एपोलो हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले फागुन ११ गतेदेखि पहिलो चरणअन्तर्गत शेयर बिक्री खुला गरेको थियो।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति प्राप्त भएको थियो। यसमध्ये ४ लाख ७० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो।

आयोजना प्रभाविततर्फ छुट्याइएको शेयरमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्रका बासिन्दाका लागि, १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्रका लागि र ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्रका स्थानीयका लागि विनियोजन गरिएको थियो।

आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आज बिहान औपचारिक रूपमा बाँडफाँड सम्पन्न गरेको जनाएको छ।