Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकले बोनस शेयर हितग्राही खातामा जम्मा गर्‍यो

आफ्ना प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा आउने व्यवस्था

1.05K
shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई वितरण गरिएको बोनस शेयर सम्बन्धी सूचना सार्वजनिक गर्दै उक्त शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकेको जनाएको छ। बैंकको २४औँ वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार ५ प्रतिशत बोनस शेयर वितरण गरिएको हो।

बैंकका अनुसार साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द भएको समयमा अभौतिक (डिम्याट) रूपमा शेयर धारण गरेका लगानीकर्ताहरूको खातामा २०८२ चैत ९ गतेदेखि बोनस शेयर जम्मा भइसकेको छ। यससँगै डिम्याट खातामा रहेका लगानीकर्ताहरूले आफ्नो बोनस शेयर प्राप्त गरिसकेका छन्।

यद्यपि, अझै भौतिक रूपमा शेयर प्रमाणपत्र राखेका शेयरधनीहरूको हकमा भने बोनस शेयर स्वतः खातामा जम्मा नहुने बैंकले स्पष्ट पारेको छ। त्यस्ता शेयरधनीहरूले आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) गरेपछि मात्रै बोनस शेयर सम्बन्धित खातामा जम्मा हुने व्यवस्था रहेको छ।

बैंकले भौतिक शेयरधनीहरूलाई सकेसम्म छिटो आफ्नो शेयर डिम्याट गर्न अनुरोध गरेको छ, जसले आगामी दिनमा यस्ता वितरण प्रक्रिया सहज र छरितो हुने विश्वास गरिएको छ।

यस बोनस शेयर वितरण प्रक्रियाको शेयर रजिस्ट्रारको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले सम्हालेको छ।