Dhulikhel Eco Banner new

बालेन सरकारमा विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री बन्ने

3.12K
shares

काठमाडौं, १३ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारमा विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री बन्ने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जा मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल ले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्मा नियुक्त हुने मन्त्रीहरुको नाम सार्वजनिक हुन थालेको छ।

शुक्रबार प्रधानमन्त्रीको सपथग्रहण पश्चात् ऊर्जा मन्त्रालयसहित सबै मन्त्रीहरुको सपथसमारोह हुने तयारी गरिएको छ। यससँगै बालेन नेतृत्वको नयाँ सरकारले ऊर्जा, जलस्रोत र सिचाईं क्षेत्रमा महत्वपूर्ण नीति कार्यान्वयनको तयारी सुरु गर्ने अपेक्षा गरिएको छ।