Dhulikhel Eco Banner new

सुधन गुरुङ बालेन सरकारमा गृहमन्त्री बन्ने

3.55K
shares

काठमाडौं, १३ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारमा रास्वपाका सांसद सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल ले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै रास्वपाले गुरुङलाई गृहमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

जेनजी आन्दोलनबाट चर्चामा आएका गुरुङ गोरखा–१ बाट निर्वाचित सांसद हुन् । सामाजिक अभियन्ताबाट राजनीतिमा आएका उनी पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।