Dhulikhel Eco Banner new

कानुन मन्त्रीमा सोविता गौतम

3.35K
shares

काठमाडौं, १३ चैत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छिन् ।

बालेन शाह प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। उनले आजै मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न मन्त्रालयका जिम्मेवारी टुंगो लगाएका छन्।

त्यस्तै, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल लाई जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन थप मन्त्रीहरूको नामसमेत टुंगो लगाइसकेको जनाइएको छ।