बालेन नेतृत्वको सरकारमा अर्थमन्त्री स्वर्णिम वाग्ले बन्दै
वि.सं.२०८२ चैत १३ शुक्रवार १०:५६
shares

काठमाडौं, १३ चैत । बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार वाग्लेको नाम अर्थमन्त्रीका रूपमा टुंगो लगाएको हो ।
रास्वपाका उपसभापति समेत रहेका वाग्ले तनहुँ–१ बाट निर्वाचित सांसद हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
अर्थशास्त्रका ज्ञाता मानिने वाग्लेलाई चुनावअघि नै रास्वपा सभापति रवि लामिछाने ले बजेट लेखनको तयारी सुरु गर्न सार्वजनिक रूपमा आग्रह गरेका थिए । अब उनी औपचारिक रूपमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारीमा छन् ।
नयाँ सरकार गठनसँगै आर्थिक सुधार, राजस्व संकलन र विकास खर्च प्रभावकारी बनाउने विषयमा वाग्लेमाथि महत्वपूर्ण जिम्मेवारी रहने अपेक्षा गरिएको छ ।

















