Dhulikhel Eco Banner new

अमरेश कुमार सिंह उद्योग मन्त्रालयको जिम्मेवारी

3.04K
shares

काठमाडौं, १३ चैत । बालेन शाह नेतृत्वको सरकारमा अमरेश कुमार सिंह मन्त्री बन्ने भएका छन्। उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

गत २१ फागुनमा सम्पन्न निर्वाचनमा सिंहले सर्लाही क्षेत्र नम्बर ४ बाट गगन कुमार थापा लाई पराजित गरेका थिए। त्यसयता उनी सक्रिय राजनीतिक भूमिकामा देखिँदै आएका छन्।

नवनियुक्त प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तारको क्रममा विभिन्न मन्त्रालयमा नयाँ अनुहार समेट्ने तयारी गरेका छन्, जसअनुसार सिंहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने सहमति बनेको बताइएको छ।