Dhulikhel Eco Banner new

यस्तो बन्यो बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्, कुन मन्त्रालयमा को ?

5.07K
shares

काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।

प्रधानमन्त्री शाहले आज दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। उनी नेतृत्वको मन्त्रिपरिषद् गठन गर्दै १५ सदस्यीय मन्त्रिमण्डल आजै शपथ लिने तयारीमा छन्।

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने भएका छन्। अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले नियुक्त भएका छन् भने गृहमन्त्रीमा सुधन गुरुङ रहनेछन्।

परराष्ट्रमन्त्रीको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ भने कानुनमन्त्रीमा सोविता गौतम नियुक्त भएकी छन्। ऊर्जा मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन्। उद्योग मन्त्रालय अमरेश सिंहलाई दिइएको छ भने सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलले सम्हाल्नेछिन्।

कृषि मन्त्रालय गीता चौधरीले, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिनाले, श्रम मन्त्रालय दिपक साहले (महोत्तरी), शिक्षा मन्त्रालय सस्मित पोखरेलले, पर्यटन मन्त्रालय खडक गणेश पौडेलले, महिला तथा बालबालिका मन्त्रालय सिता वादीले र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहताले सम्हाल्ने भएका छन्।

नयाँ मन्त्रिपरिषद्ले आगामी दिनहरूमा नीति निर्माण, विकास र देशको सुरक्षा प्राथमिकतामा काम थाल्ने अपेक्षा गरिएको छ।