Dhulikhel Eco Banner new

फिनपोस् मार्फत स्मार्ट क्यूआर र कार्ड भुक्तानी अब सजिलो र सुरक्षित

3.54K
shares

काठमाडौं, २३ चैत । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी टेक ग्रुप प्रा. लि. बीच डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ।

यस सहकार्य अन्तर्गत सिटी टेकको फिनपोस हार्डवेयरमा एससीटीको प्रणाली जडान गरिनेछ, जसमार्फत विभिन्न कार्ड प्रणालीहरू (भिसा, युनियनपे, नेपालपे लगायत० तथा स्मार्ट क्यूआरमार्फत गतिशील क्यूआर भुक्तानी सहज रूपमा स्वीकार गर्न सकिनेछ।

सम्झौतापछि बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले आधुनिक, सुरक्षित र विस्तारयोग्य पोइन्ट अफ सेल ९पीओएस० उपकरण प्रयोग गर्न सक्नेछन्। यसले पीओएस सेवा सञ्चालन गर्न इच्छुक संस्थाहरूलाई विशेष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

विशेषगरी, छुट्टाछुट्टै कार्ड प्रणालीको सदस्यता लिनुपर्ने झन्झट, उच्च प्रविधि लगानी तथा सुरक्षा प्रमाणीकरणको आवश्यकता घट्ने भएकाले यो समाधान आर्थिक रूपमा पनि आकर्षक रहने बताइएको छ।

एससीटीले डिजिटल भुक्तानी पूर्वाधारलाई सुदृढ गर्दै नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। फिनपोससँगको यो साझेदारी सोही दिशामा एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

हाल एससीटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ। आफ्नै स्मार्ट स्विच प्रणालीमार्फत एससीटीले युनियनपे तथा भिसा कार्ड जारी गर्नुका साथै भिसा, रुपे, मास्टरकार्ड र डिस्कभर कार्ड स्वीकार गर्दै आएको छ।

दुई दशकभन्दा लामो अनुभवसहित एससीटी नेपालकै पहिलो घरेलु कार्ड प्रणालीका रूपमा स्थापित छ। कार्ड सेवाका अतिरिक्त एससीटीले स्मार्ट क्यूआर, स्मार्ट पे अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायतका डिजिटल सेवा पनि प्रदान गर्दै आएको छ।

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीको विस्तार र आधुनिकीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ।