Dhulikhel Eco Banner new

एनआइबिएल सहभागिता फण्डका इकाई डिम्याट खातामा जम्मा

2.52K
shares

काठमाडौं, २६ चैत । एनआइएमबि एस क्यापिटल लिमिटेडले “एनआइबिएल सहभागिता फण्ड” का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जानकारी दिएको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको उक्त कम्पनीका अनुसार बीज पुँजीसम्बन्धी कारणले लामो समयदेखि रोकिएका इकाईहरू अब लगानीकर्ताको खातामा जम्मा गरिएको हो।

नेपाल धितोपत्र बोर्ड बाट २०८२ चैत ५ गतेदेखि लागू हुने गरी योजनाको आकार ६ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउने स्वीकृति पाएपछि इकाई वितरण गरिएको कम्पनीले जनाएको छ।

“एनआइबिएल सहभागिता फण्ड” नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष हो, जसले सेयर, ऋणपत्र, मुद्दती निक्षेप तथा ट्रेजरी बिलजस्ता साधनमा लगानी गर्दै आएको छ।

कम्पनीले लगानीकर्तालाई ‘मेरो सेयर’ प्रणालीमार्फत आफ्ना इकाईहरू खातामा जम्मा भएको जाँच गर्न अनुरोध गरेको छ। साथै, इकाई जम्मा गर्न ढिलाइ भएकोमा क्षमायाचना समेत व्यक्त गरेको छ।